पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन
काठमाडाैं | फागुन ८, २०७९
काठमाडौं : पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय उनी मानवअधिकार क्षेत्रमा सक्रिय थिए।
पारिवारिक स्रोत अनुसार उनका छोराछोरी विदेशमा रहेकाले मंगलबार ९ बजेपछि पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। उनको पार्थिव शरीरलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट शिक्षण अस्पतालको शवगृहमा लैजाने तयारी गरिएको छ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

